×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

१९ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ५२ करोड 

१९ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ५२ करोड 

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेर २ हजार ५ सय ९५ दशमलव १० विन्दुमा झरेको छ।  नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बिहीबार ४ अर्ब ५७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ७० हजार ५७६ पटकको कारोबारमा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँबराबरको १ करोड १२ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।६३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन १३ करोड ५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बलेफी हाइड्रोपावर पब्लिकको करिब १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ।

एसवाई प्यानल नेपालको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ६२ रुपैयाँ २० पैसा बढेर ६८४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ९.८३ प्रतिशत बढेको छ भने ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को शेयरमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिकृया दिनुहोस्