×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

एकैदिन २१ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

एकैदिन २१ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज एकैदिन २१ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ। आजको चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय २५ रुपैयाँमा कायम भएको महासंघले जनाएको थियो ।

प्रतिकृया दिनुहोस्