×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ समाचार

पाँच महिनामा ९५ करोडभन्दा बढीको ३ लाख ८२ हजार राउटर आयात

पाँच महिनामा ९५ करोडभन्दा बढीको ३ लाख ८२ हजार राउटर आयात

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पाँच महिना अर्थात साउन १ गतेदेख मंसिर मसान्तसम्म ९५ करोड ७८ लाख ५० हजार रुपैयाँ बराबरको ३ लाख ८२ हजार ८२ थान राउटर आयात भएको छ । 

कात्तिक महिनासम्ममा २ लाख ५६ हजार ५०७ थान राउटर आयात भएको थियो । मंसिर एकमहिनामै १ लाख २५ हजार ५७५ थान राउटर आयात भएको पाइएको छ।

यो अवधिमा विश्वका जम्मा १२ मुलुकबाट राउटर आयात भएको छ। सबैभन्दा धेरै बढी चीनबाट ९० करोड ६ लाख ६१ हजार रुपैयाँ बराबरको ३ लाख ६३ हजार ८७४ थान राउटर आयात भएको छ ।

यसैगरी भारतबाट ५ लाख ६१ हजार बराबरको ३९२ थान, मलेसियाबाट ४ लाख ९८ हजार बराबरको ५१ थान, कतारबाट २ हजार बराबरको ५ थान, अमेरिकाबाट २ लाख ७७ हजार बराबरको २ थान राउटर आयात भएको छ । यसैगरी भियतनामबाट ५ करोड १६ लाख ५० हजार बराबरको १७ हजार ३६० थान राउटर आएको भएको छ ।

प्रतिकृया दिनुहोस्