×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

काठमाडौँ महानगरले फिर्ता ल्यायो अतिक्रमणमा परेको २०८ रोपनी सार्वजनिक जग्गा

काठमाडौँ महानगरले फिर्ता ल्यायो अतिक्रमणमा परेको २०८ रोपनी सार्वजनिक जग्गा

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताएका छन् । 

यहाँ आज आयोजना गरिएको कामपाको ३१औँ स्थापना दिवसको अवसरमा प्रमुख शाहले कामपाको लक्ष्य २ खर्ब रुपैयाँ बराबरको एक हजार आठ सय ५९ रोपनी सार्वजनिक  अतिक्रमण जग्गा फिर्ता गर्नुरहेको जानकारी दिए । उनले रु ९१ करोड लागतको सम्पदा संरक्षणको काम गरेको बताए। दश केन्द्रलाई बिमाको प्रथम सेवा केन्द्रको रुपमा तोकिएको उहाँले जानकारी दिए ।  

रु पाँच अर्ब चार करोडको लागतमा दुई सय ५१ योजना बोलपत्र प्रक्रियामार्फत खरिद गरिएका प्रमुख शाहले बताए। उनका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको छ । 

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहितको सहभागिता थियो । कार्यक्रममा विभिन्न वडाले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । काठमाडौँ महानगरले हरेक वर्ष मङ्सिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ । 
 

प्रतिकृया दिनुहोस्