×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

कृषि

कृषि औजार मार्फत् आलु रोप्दै किसान

कृषि औजार मार्फत् आलु रोप्दै किसान

चितवन । किसानले आलु खेतीका लागि नयाँ प्रविधि प्रयोग गर्न थालेका छन् । पूर्वी चितवनको खैरहनीमा किसानले भारतबाट आलु लगाउने औजार ल्याएर रोप्न थालेका हुन् । विगत लामो समयदेखि आलुखेती गर्दै आएका खैरहनी नगरपालिका–१० का कृष्ण अर्यालले भारतबाट उपकरण झिकाएर आलु रोपेको जानकारी दिए । 

आलुको बीउ रोप्न र खन्न यसले सहज हुने गरेको उनले जानकारी दिए। उनका अनुसार मजदुर लगाउँदा एक कठ्ठामा रु एक हजार खर्च आउने गर्दथ्यो । अहिले यो औजारले एक बिघा ६ कठ्ठा  (२६ कठ्ठा) रोप्नका लागि तीन घण्टा लागेको उनको भनाइ छ ।

 सो क्षेत्रफलमा आलु रोप्दा तीन घण्टाको रु ६ हजार ६ सयमा आलु रोपिएको उनले जानकारी दिए ।  यस उपकरणले चारवटा लाइनमा मल र बीउ एकै पटक खसाल्ने गरेको अर्का किसान सीतारमा अर्यालले जानकारी दिइन् ।
 
यसले एक पटकमा चार क्वीन्टल बीउ र एक क्वीन्टल मल बोकेर रोप्ने गर्दछ । यसका लागि ४० देखि ५० ग्रामका एकनासे आलुका बीउ हुँदा रोप्न सजिलो हुने उनले बताए । ठूला गरामा यसको प्रयोग गर्दा छिटो हुने गरेको किसानले बताएका छन् । यो औजारको प्रयोगले आलुखेती गर्ने किसानलाई सहज बनाएको छ ।

अहिले आलु लगाउने मुख्य मौसमको रुपमा रहेको छ । 

प्रतिकृया दिनुहोस्