×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

भोलि शेयर बजार बन्द हुने, आरटीजीएस प्रणाली भने सञ्चालनमा रहने

भोलि शेयर बजार बन्द हुने, आरटीजीएस प्रणाली भने सञ्चालनमा रहने

काठमाडौं । भोलि शेयर बजार बन्द हुने भएको छ । सरकारले ‘क्रिसमस डे’ का दिन सार्वजनिक बिदा दिएका कारण शेयर बजार बन्द रहने भएको हो । अब शेयर बजार आइतबार मात्र खुला हुने छ ।

क्रिसमसको दिन सार्वजनिक बिदा भएपनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आरटीजीएस सञ्चालन रहने भएको छ ।

२०८२ पुस १० गते बिहीबार इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको अवसरमा सार्वजनिक बिदा भए पनि बैंकिङ कारोबारको सहजताका लागि उक्त प्रणाली सञ्चालन गर्न लागिएको हो ।

राष्ट्र बैंकका अनुसार सो दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ ।
 

प्रतिकृया दिनुहोस्