×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ समाचार

पोखरा फाइनान्स र समृद्धि फाइनान्सबिच मर्जर,  स्वाप रेसियो तय

पोखरा फाइनान्स र समृद्धि फाइनान्सबिच मर्जर,  स्वाप रेसियो तय

काठमाडौं । दुई फाइनान्स कम्पनी पोखरा र समृद्धिबीच मर्जरपश्चात स्वाप रेसियो बराबर कायम हुने भएको छ ।

यसअघि गठन भएको संयूक्त मर्जर समितिले दुबै फाइनान्सको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न नियुक्त मूल्यांकनकर्ताको प्रतिवेदनका आधारमा १ बराबर १ अनुपातमा स्वाप अनुपात निर्धारण भएको छ । 

साथै पोखरा फाइनान्सको सञ्चालक समितिको आइतबारको बैठकले १ बराबर १ अनुपातमा सेयर स्वाप रेसियो कायम गर्नेगरी निर्णय गरेको छ । यसको अर्थ हाल समृद्धि वा पोखरा फाइनान्सका लगानीकर्तासँग जे जति सेयर छ उहीं मर्जरपछि उहीं अनुपात कायम रहनेछ ।

 
 

प्रतिकृया दिनुहोस्