×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

४ कम्पनीको शेयरमूल्य समायोजन

४ कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । ४ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा रु रु जलविद्युत परियोजना, मिड सोलु हाइड्रोपावर, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्सको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

शेयरमूल्य समायोजनपछि मिड सोलु हाइड्रोपावरको शेयर मूल्य ७९८ रुपैयाँ २६ पैसा कायम भएको छ । कम्पनीको हिजो बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ९ सय १८ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

रु रु जलविद्युतको शेयर मूल्य ६ सय ६० रुपैयाँ ९१ पैसा कायम भएको छ । कम्पनीको हिजो बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ७ सय २७ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ सय २७ रुपैयाँ ०२ पैसा कायम भएको छ । कम्पनीको हिजो बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ७ सय ६८ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

चन्द्रागिरी हिल्सको शेयर मूल्य ८ सय ४३ रुपैयाँ ८१ पैसा कायम भएको छ । कम्पनीको हिजो बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ८ सय ८६ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

प्रतिकृया दिनुहोस्