काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा या राष्ट्रीय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचिमा नराख्ने निर्णय गरेको छ। पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई सिफारिस गरिने छैन।
आज समानुपातिकको बन्द शुचि बुझाउने अन्तिम दिन सिफारिस सूचि तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय नेपाली कम्युनिष्ट पार्टीले मात्रै गरेको हो ।
यहाँ उल्लेखनीय छ, नेतृ पम्फा भुसालले आफू निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा नउठ्ने घोषणा गरेकी थिइन ।