×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

भेटघाटलाई तीव्र बनाए बालेनले

भेटघाटलाई तीव्र बनाए बालेनले

काठमाडौं । दलीय राजनीतिमा आएको सार्वजनिक भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भेटघाटलाई तीव्रता दिएका छन् । ‘देश विकास पार्टी’ मार्फत् ‘लौरो’ चिन्ह लिएर आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिने निश्चितजस्तै भएपछि उनले वैकल्पिक शक्ति निर्माण गर्न राजनीतिमा सक्रिय नेता, अभियन्ता, उद्यमी–व्यवसायी, सञ्चारकर्मी र जेन–जी अगुवासँग भेटघाट तीव्र बनाएका छन् ।

बालेनले कुमार बेनको ललितपुरको ज्वागलस्थित घरमा बुधबार अपराह्नदेखि बिहीबार अबेरसम्मै भेटघाट गरेका हुन् । उनले बुधबार चिकित्सक भगवान कोइराला, कांग्रेस नेता चन्द्र भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीदेखि राप्रपा नेता ज्ञानेन्द्र शाहीसम्मलाई भेटेका छन् । 

त्यसैगरी, पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डे, विवेकशीलबाट बागमती प्रदेशसभामा निर्वाचित पूर्वसांसद रमेश पौड्याल, रास्वपासँग एकीकरणमा नगएका विवेकशीलको युवा संगठनका पूर्वअध्यक्ष सरोज गौतम, अभियन्ता सागर ढकाल, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, सञ्चार उद्यमी सम्भव सिरोहिया, व्यवसायी सचिन ढकाल, जेन–जी अभियन्ताद्वय रक्षा बम तथा केपी खनाल, कलाकार निश्चल बस्नेत, सञ्चारकर्मी सुरजसिंह ठकुरी र ऋषि धमलालगायतसँग पनि बेग्लाबेग्लै भेट गरेका छन् । यसैगरी बालेनले विहीवार नेता अमरेश सिंह, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, अभियन्ता खगेन्द्र सुनारसँग पनि भेट गरेका छन् ।
 

प्रतिकृया दिनुहोस्