×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार

६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार

काठमाडौं । रौतहट–४ बाट चुनाव लडेका ऋषि धमलाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

धमलाले निर्वाचनमा १२ लाख ६५ हजार खर्च गरेका छन् । खर्च विवरणमा उनले मनोनयन दर्ताको लागि १० हजारदेखि हवाई भाडा, सवारी साधनको भाडा खर्चसमेत समावेश गरेका छन् । सवारी साधनमा ३ लाख, ईन्धनमा २ लाख ४६ हजार खर्च भएको छ भने खाना खाजा खर्चमा एक लाख २८ हजार, प्रचार सामाग्रीमा ५ लाख ४४ हजार १८६ र हवाई खर्च ३६ २८५ खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।

आम जनता पार्टीबाट उम्मेदवार बनेका धमलाले केवल ६५५ मत प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्