×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ मनोनीत

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ मनोनीत

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले उनलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनीत गरेकी हुन् ।

उनी आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत भएका हुन् ।  आदर्शकुमार श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव थिए । उनले प्रधानमन्त्रीको सचिवालयमा पत्नी र नातेदारलाई राखेका थिए ।

श्रेष्ठले पत्नी संगीता श्रेष्ठलाई सहसचिवसरह स्वकीय सहसचिव बनाएको कुरा खुलेपछि प्रधानमन्त्रीको सचिवालयबाट सबै नियुक्तिहरू हटाइएको थियो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले आफ्नो पदीय पहुँच प्रयोग गरेर श्रीमतीलाई जागिरमा भर्ना गरेको विषय बाहिर आएपछि विरोध भएको थियो ।
 

प्रतिकृया दिनुहोस्