काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शुशीला कार्कीलाई राजीनामा पत्र बुझाएका हुन्।
उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी छन् । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् ।
उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।
उनी हाल जनकपुरधाममा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा उनी सहभागी भएका हुन्।