×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

एकैदिन २१ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

एकैदिन २१ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २१ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

विहीबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार रुपैयाँले बढेर २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

आज चाँदीको मुल्य भने घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो । यससँगै चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्