×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ५१ करोड

निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ५१ करोड

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक १३.८८ अंक घटेर २ हजार ५ सय ८१ दशमलव २१ विन्दुमा पुगेको छ। 

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ५२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ स्टकको ६५ हजार ३१२ पटकको कारोबारमा ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँबराबरको ९१ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।२६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १० करोड ३० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम ७ करोड रुपैयाँ नाघेको छ।

यस दिन एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लागेको छ । यस दिन सो कम्पनीको शेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ७५३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो। त्यस्तै, यस दिन १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य करिब ६ प्रतिशत बढेको छ।


 

प्रतिकृया दिनुहोस्