×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

स्पेनमा रेल दुर्घटनाः मृत्यु हुनेको संख्या ३९ पुग्यो, २४ जनाको अवस्था गम्भीर 

स्पेनमा रेल दुर्घटनाः मृत्यु हुनेको संख्या ३९ पुग्यो, २४ जनाको अवस्था गम्भीर 

काठमाडौं । स्पेनमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ। पछिल्लो एक दशकभन्दा बढी अवधिमा यो देशकै सबैभन्दा ठूलो रेल दुर्घटना मानिएको छ।

म्याड्रिडतर्फ जाँदै गरेको रेल लिकबाट उछिट्टिएर विपरीत दिशाको ट्र्याकमा पुगेको र अर्को रेलसँग ठोक्किएको थियो। दुवै रेलमा गरी करिब ४ सय यात्रु र कर्मचारी सवार थिए।

आपतकालीन सेवाका अनुसार कम्तीमा ७३ जनालाई अस्पताल लगिएको छ। तीमध्ये २४ जनाको अवस्था गम्भीर छ, जसमा चार बालबालिका पनि छन्।

दुर्घटना मालागाबाट स्थानीय समयअनुसार १८:४० बजे प्रस्थान गरेको रेल करिब १० मिनेटमै भएको थियो। मालागाबाट सञ्चालन गरिएको रेल यात्राको जिम्मा लिएको निजी कम्पनी इर्योले पहिलो रेलमा करिब ३०० यात्रु रहेको जनाएको छ। अर्कोतर्फ, रेन्फे कम्पनीले सञ्चालन गरेको म्याड्रिड–हुएल्भा रेलमा करिब १०० यात्रु थिए।

अहिलेसम्म रेल दुर्घटनाको कारण खुल्न सकेको छैन। अधिकारीहरूले अनुसन्धान सुरु भएको र निष्कर्ष आउन कम्तीमा एक महिना लाग्ने अनुमान रहेको बताएका छन्।


 

प्रतिकृया दिनुहोस्