काठमाडौं । सुनचाँदी बजारमा आज सुनचाँदी दुबैको मुल्य घटेको छ । दैनिक रेकर्ड बनाउँदै बढेको सुन र चाँदी दुवैको मूल्य यस दिन ऐतिहासिक उचाईबाट घटेको हो ।
आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो । यससँगै चाँदी प्रतितोला ४ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४ हजार ४ हजार २० रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य थियो ।