×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

१६५ निर्वाचन क्षेत्रका लागि २ हजार ६ सय ५५ जनाले गराए उम्मेदवारी दर्ता, महिला उम्मेदवार ३०३ मात्र

१६५ निर्वाचन क्षेत्रका लागि २ हजार ६ सय ५५ जनाले गराए उम्मेदवारी दर्ता, महिला उम्मेदवार ३०३ मात्र

काठमाडौं । अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि तोकेको समयभित्र उक्त संख्यामा उम्मेदवारी दर्ता भएको अयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनकाअनुसार कतिपय जिल्लामा मनोनयन दर्ताको कार्य जारी नै रहेकोले यो संख्या बढ्नसक्ने बताए । उनकाअनुसार मनोनयन दर्ता गराउने महिलाको संख्या एकदमै न्युन रहेको छ ।

उनले मनोनयन दर्ता गराउनेमा २ हजार ३ सय ५२ जना पुरुष र ३ सय ३ जना मात्र महिला रहेको समेत बताए । उनले उम्मेदवारहरुको प्रारम्भिक नामावली मंगलवार साँझ ८ बजेभित्र प्रशासन हुने समेत जानकारी दिए। उनले भने, ‘कतिपय जिल्लामा अहिले पनि मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने कार्य जारी रहेको छ ।

हामीले केहीबेर अघिसम्मको तथ्यांक लिएर उपस्थित भएका छौँ । निर्वाचन असधकृतको कार्यालयबाट प्राप्त तथ्यांकअनुसार अहिलेसम्म जम्मा २ हजार ६ सय ५५ जनाले मनोनयन दर्ता गराएका छन्। जसमध्ये पुरुषहरु २ हजार ३ सय ५२ जना रहेको छ भने महिलाहरुको संख्या ३ सय ३ जना रहेको छ । यो संख्या केही बढ्नसक्ने छ । आज मनोनयन दर्ता गर्ने उम्मेदवारहरुको सन्दर्भमा मनोनयन दर्ता गर्दा निरन्तर चलिरह्यो भने ८ पनि बज्न सक्ला । ८ बजेभित्रमा उम्मेदवारको प्रारम्भिक सूचि प्रकाशन गर्ने कार्यसूचि रहेको छ ।’ उनले बुधवार कार्यालय समयभित्र उम्मेदवारमाथि दाबी विरोध गर्न सकिने कार्यसूचि रहेको जानकारी दिए ।


 

प्रतिकृया दिनुहोस्