×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विमा

माघ १ गतेदेखि अनिवार्य विद्युतीय भुक्तानीको व्यवस्था मिलाउन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

माघ १ गतेदेखि अनिवार्य विद्युतीय भुक्तानीको व्यवस्था मिलाउन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौं ।  नेपाल बिमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै बिमा कम्पनीलाई निर्देशन दिएको छ ।

प्राधिकरणले जीवन बिमा, निर्जीवन बिमा, लघुबिमा, पुनबिमा कम्पनी र बिमा दलाललाई सबै प्रकारका भुक्तानी सम्बन्धित व्यक्ति वा संस्थाका बैंक खातामा अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । 

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन, २०८२ मा बिमकले बिमालेखअन्तर्गत दाबी भुक्तानी गर्दा अनिवार्य रूपमा बिमालेखका शर्त वा प्रचलित कानुनबमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा जम्मा हुने गरी भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।


नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी बैंकिङ प्रणालीमार्फत डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको हो । यसअघि, प्राधिकरणले बिमा कम्पनीका स्थायी, अस्थायी, करार वा ज्यालादारी वा अन्य कुनै पनि प्रकारका कर्मचारी तथा श्रमिकलाई दिइने पारिश्रमिक वा ज्यालाबापतको भुक्तानी अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत गर्न बिमा कम्पनीलाई निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस्