×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

निरन्तर तीन दिन बढेको बजार आज घट्यो, कारोबार रकम ४ अर्ब ५७ करोड

निरन्तर तीन दिन बढेको बजार आज घट्यो, कारोबार रकम ४ अर्ब ५७ करोड

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ । निरन्तर तीन कारोबार दिन बढेको बजार बिहीबार घटेको हो । तीन कारोबार दिनमा ३० अंक मात्रै बढेको थियो ।

यस दिन नेप्से परिसूचक १०.६६ अंक घटेर २ हजार ६ सय १५ दशमलव ०३ विन्दुमा झरेको छ । 

यसदिन नेप्से घटेपनि कारोबार रकम बढेको छ । आजको बजारमा कारोबारमा आएका २५९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । बुधबारको बजारमा ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन ब्यापार, निर्जीवन इन्स्योरेन्स र होटल उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन वित्त र अन्य उपसमूहको सूचक १ प्रतिशत भन्दा धेरैले घटेको हो ।

कारोबार रकमका आधारमा यस दिन बाराही हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ७२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी बिद्युतको कारोबार रकम १८ करोड ३५ लाख रुपैयाँ नाघेको छ भने बुटवल पावरको करिब १६ करोड १० रुपैयाँको शेयर किनबेच भएको छ ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ । यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य ९.५६ प्रतिशतभन्दा बढी बढेको छ । त्यसैगरी, बाराही हाईड्रोपावरको शेयर सवार्धिक ४.७६ प्रतिशतले घटेर कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्