काठमाडौं । आज सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
मंगलबार २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १० हजार ४ सय रुपैयाँले बढेर २ लाख ९५ हजार १ सय कायम भएको महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्यले प्रतितोला २ लाख ८२ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सो रेकर्ड आज बुधबार तोडिएको हो ।
यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।