काठमाडौं । अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने भएका छन् । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो ।
यसअघि सन् २०२० मा १० वर्षभन्दा कम उमेरका बालिकालाई लक्षित गरी लागू गरिएको हिजाब प्रतिबन्ध संवैधानिक अदालतले खारेज गरेको थियो । यसपटक पारित गरिएको कानूनमा भने सबै कक्षाका छात्रामा लागू हुने भनिएको छ ।
नयाँ कानून अनुसार प्रतिबन्ध बारम्बार उल्लङ्घन गर्ने छात्रालाई ‘चाइल्ड तथा युथ वेलफेयर एजेन्सी‘को जिम्मा लगाइनेछ ।
कानून पालनामा अटेर गरे परिवार वा अभिभावकमाथि ८०० युरोसम्मको जरिबाना लगाइने प्रावधान पनि कानूनमा व्यवस्था गरिएको छ ।
अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् ।