×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

कृषि

स्याउ र सुन्तलाको मूल्य घट्यो

स्याउ र सुन्तलाको मूल्य घट्यो

काठमाडौं । बजारमा स्याउ र सुन्तलाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले यी दुई फलफूलको मूल्य घटेको देखाएको हो ।

आज आइतबार फुजी स्याउ प्रतिकिलो थोक मूल्य औसत १५ रुपैयाँ घटेको छ । हिजो शनिबार फुजी स्याउ प्रतिकिलो ३ सय रुपैयाँमा किनबेच भएको थियो । आज  प्रतिकिलो मूल्य २ सय ८५ रुपैयाँ कायम छ ।

यस्तै आइतबार सुन्तलाको मूल्य पनि प्रतिकिलो थोकमा औसत १० रुपैयाँ घटेको छ । हिजो शनिबार प्रतिकिलो १ सय १० रुपैयाँमा किनबेच भएको सुन्तला आज आइतबार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिकृया दिनुहोस्