काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ४ हजार ६ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुनको मुल्य २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ सय ८५ रुपैयाँले बढेको छ। आजको चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।