काठमाडौं । सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मुल्यले पनि दैनिक नयाँ रेकर्ड ब्रेक गरेको छ । आज चाँदी प्रतितोला ३ सय १५ रुपैयाँले बढेको हो । यससँगै चाँदी प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।