×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

 चार कम्पनीहरुको शेयरमूल्य समायोजन, कुनको कति ?

 चार कम्पनीहरुको शेयरमूल्य समायोजन, कुनको कति ?

काठमाडौं । ४ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट, शिखर इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोपावर शेयरमूल्य समायोजन भएको हो।

यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरी मूल्य समायोजन गरेको हो ।

सिनर्जी पावरको हिजो आइतबार कायम अन्तिम शेयरमूल्य ४३० रुपैयाँ २० पैसाका आधारमा नेप्सेले १० प्रतिशत बोनश शेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३९१ रुपैयाँ ९ पैसा कायम भएको छ ।

सन नेपाल लाइफको ५ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँ ५२ पैसा कायम भएको छ । कम्पनीको आइतवार कायम अन्तिम शेयरमूल्य ५१४ रुपैयाँको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।

शिखर इन्स्योरेन्सको ६ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरी नेप्सेले प्रतिकित्ता ६१५ रुपैयाँ तोकेको छ । आइतवार कायम अन्तिम शेयरमूल्य ६५१ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेले शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनश शेयर पछिको मूल्य समायोजन गरी प्रतिकित्ता १ हजार ६५० रुपैयाँ तोकेको छ । आइतवार कायम अन्तिम शेयरमूल्य १ हजार ८१५ रुपैयाँको आधारमा यस कम्पनीको मूल्य समायोजन भएको हो ।


 

प्रतिकृया दिनुहोस्