×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम ३ अर्ब २९ करोड

नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम ३ अर्ब २९ करोड

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १८.३७ अंक बढेर २ हजार ६ सय १९दशमलव ९९ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। सोमबार ३ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको ५५ हजार ७८ पटकको कारोबारमा ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँबराबरको ७८ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन लुम्बिनी विकास बैंकको करिब साढे १० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लागेको छ । यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने लुम्बिनी विकास बैंकको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ।  

प्रतिकृया दिनुहोस्