×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

बुटवल पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

बुटवल पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले पुस २८ गते, सोमबार, कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौँमा ३३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा अपरान्ह २ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले गत आर्थिक वर्ष विभिन्न संस्था तथा व्यक्तिहरुलाई दिइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने, सञ्चालक समितिमा रिक्त हुने ४ सञ्चालकहरुको पदपूर्तिका लागि निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


 

प्रतिकृया दिनुहोस्