काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको छ ।
सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो । बैठक सुरु हुनासाथ एमाले सांसद गुरु बरालले उठेर विरोध गरे । उनले विरोध गरेपछि सभामुख अर्जुनरसिंह केसीले बोल्न समय दिए ।
उनले अहिले बोलिरहेका छन् ।