काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदी आज तोलामा २५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ४ हजार ८० रुपैयाँ पुगेको छ । दुई दिनयता चाँदीले उच्च मूल्य रेकर्ड बनाइरहेको छ ।