×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

चिसो बढ्दा पनि घटेन डेंगुको सङ्क्रमण, एक सातामा थपिए ९६ सङ्क्रमित 

चिसो बढ्दा पनि घटेन डेंगुको सङ्क्रमण, एक सातामा थपिए ९६ सङ्क्रमित 

काठमाडौं । चिसो मौसम सुरु भए पनि डेंगुको संक्रमण घटेको छैन । पछिल्ला दिनमा पनि डेंगुको संक्रमण यथावत नै रहिरहेको जनाइएको छ । 

पछिल्लो एक सातामा मात्रै ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । गत पुसयता देशभर ८ हजार २६२ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।

यसवर्ष डेंगु ७६ जिल्लामा फैलिएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा २ हजार १४५ जना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बागमती २ हजार १३२, लुम्बिनीमा १ हजार ३४६, कोशीमा १ हजार ३६, सुदूरपश्चिम ८३२, कर्णालीमा ५३० र मधेशमा २११ जनामा संक्रमण पुष्टि भएको छ ।

सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ । तर पछिल्लो समय यो भन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय रहेको पाइएको छ ।किटजन्य रोग विस्तार हुनुमा जलवायु परिवर्तन, मानिसको बसाइँसराइ, तीव्र शहरीकरण, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण रहेका छन् ।

तराईका जिल्लामा प्रकोपकै रूपमा देखिएको डेंगु संक्रमण गर्मी बढेपछि घटेको पाइएको थियो । किनकि, तापक्रम ३५ डिग्री सेल्सियस नाघेपछि डेंगु सार्ने लामखुट्टे बाँच्न सक्दैन । तर यसको उल्टो पहाडी र हिमाली क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दो छ । किनकि विज्ञका भनाइमा १२–१३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टै सहजै बाँच्न सक्छ ।

डेंगु सार्ने लामखुट्टे १० देखि १२ डिग्री सेल्सियस तापक्रम रहँदासम्म हराउँदैन । हिजोआज पहाडी क्षेत्रको तापक्रम १० देखि १२ डिग्री सेल्सियसभित्रै रहेका कारण लामखुट्टे हराएको छैन ।

प्रतिकृया दिनुहोस्