×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

खोला मापदण्ड विरुद्ध आज पनि माइतीघरमा प्रदर्शन 

खोला मापदण्ड विरुद्ध आज पनि माइतीघरमा प्रदर्शन 

काठमाडौं । उपत्यकाका खोला किनारको मापदण्ड विरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ । थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला विरुद्ध सरोकारवालाले पुन : प्रदर्शन गरेका हुन् ।

यसअघि नै सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै पटक(पटक प्रदर्शन गर्दै आएका थिए । हाल कायम २० मिटरको छाड्नुपर्ने मापदण्डमा थप २० मिटर पनि छाड्नुपर्ने भनेर सर्वोच्चले फैसला गरेको थियो ।

सरोकार समितिले यो फैसला गर्ने न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाभियोग लगाउन समेत माग गर्दै आएको थियो ।

उक्त फैसला कार्यान्वयन गर्न नसक्ने भन्दै सरकारका तर्फबाट तत्कालीन कानून सचिव फणीन्द्र गौतमले फैसला पुनरावलोकनको निवेदन दिएका थिए । उक्त रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

प्रतिकृया दिनुहोस्