×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छ एजेण्डा

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छ एजेण्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले बैठक आह्वान गरेका हुन् ।

पार्टीका अनुसार बैठक आज दिउँसो ३:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् लगायतका संरचनामा मनोनयनका विषयमा छलफल हुने जनाइएको छ ।

त्यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञ तथा योजना प्रस्ताव आह्वानसम्बन्धी विषय पनि कार्यसूचीमा समावेश गरिएको छ ।

यससँगै प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक तथा संसदीय दलका लागि प्राविधिक सहयोग लगायत विषयमा समेत छलफल हुने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्