×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सिनर्जी पावर डेभलपमेन्ट, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात पुस १४ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सन नेपाल लाइफको ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश, नेपाल इन्स्योरेन्सको ६.३१५८ प्रतिशत नगद लाभांश, शिखर इन्स्योरेन्सको ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन्।

त्यसैगरी सिनर्जी पावर डेभलपमेन्टले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश र कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर र ०.५२३६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्। 

प्रतिकृया दिनुहोस्