काठमाडौं । महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । समूहगत प्यानल बनाएर केपी शर्मा ओली र ईश्वर पोखरेलको प्यानल चुनावी मैदानमा उत्रिएको छ । आज सुरुमा एमाले अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरे ।
मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका छन् । एमालेले ८० वटा मेसिनमार्फत २२६३ प्रतिनिधिका लागि मतदानको व्यवस्था गरेको छ ।
मंगलबार बेलुकाबाट हुने भनिएको मतदान आजको लागि सरेको हो । महाधिवेशन प्रतिनिधिसँगै उम्मेदवारहरु मत मागिरहेका छन् ।
आइतबार उम्मेदवारी दर्ता भए पनि प्यानलको अन्तिम टुंगो भने सोमबार मात्रै लागेको हो ।