×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

सिन्धुली–२ : कार्की, दाहाल र थापाबीच रोचक प्रतिस्पर्धा हुने सम्भावना

सिन्धुली–२ : कार्की, दाहाल र थापाबीच रोचक प्रतिस्पर्धा हुने सम्भावना

सिन्धुली । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली–२ मा प्रमुख राजनीतिक दलहरूले उम्मेदवार सिफारिस गरेका छन्, जससँगै चुनावी माहोल तातिन थालेको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले वरिष्ठ नेता राम कार्कीलाई सिन्धुली–२ बाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ। बौद्धिक क्षमता र वाकपटुताका लागि परिचित कार्की यसअघि २०४८ सालमा संयुक्त जनमोर्चा, नेपालबाट निर्वाचनमा सहभागी भएका थिए।

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट महेश्वर दाहाल सिफारिस सूचीमा परेका छन्। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता हरिबोल गजुरेल पनि सिफारिसमा रहेकामा प्रचण्डले पूर्वी रुकुमबाट उम्मेदवारी दिने निर्णय गरिसकेका छन् भने गजुरेलले यसपटक नउठ्ने सार्वजनिक बताएका छन्। यसले दाहालको उम्मेदवारी सम्भावना बलियो देखिएको छ।

उता, नेकपा (एमाले) ले मनोजजंग थापालाई सिन्धुली–२ बाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ। थापा यसअघि एमालेबाट निर्वाचन लडेर पराजित भएका थिए।

तीनै दलका सिफारिस उम्मेदवारबीच प्रतिस्पर्धा हुने सम्भावनासँगै सिन्धुली–२ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

प्रतिकृया दिनुहोस्