×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

राष्ट्रियसभा सदस्यका लागि आज उम्मेदवारीको मनोनयन हुँदै

राष्ट्रियसभा सदस्यका लागि आज उम्मेदवारीको मनोनयन हुँदै

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारीको मनोनयन हुँदै छ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि  आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारीले मनोनयन पत्र दर्ता गर्नुपर्ने छ । 

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन गर्न  लागेको हो । निर्वाचनका लागि आयोगले पुस १९ गते अन्तिम  मतदाता नामावली प्रकाशन गरिसकेको छ ।

निर्वाचन कार्यक्रम अनुसार, पुस २४ गते उमेदवार विरूद्व उजुरी दिने, पुस २७ गते उमेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसैगरी पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । 

माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा मतदान हुनेछ । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदै छ । 

आयोगले यसअघनै राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ ।राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवं उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् । 

यसैबीच, राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र मधेशकेन्द्रित जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल हुने भएको छ । जसअनुसार कांग्रस र एमनलेले सात-सात,  नेपाली कम्युनिस्ट पार्टीले तीन र जसपाले एक सिट लिने समझदारी भएको छ ।

प्रतिकृया दिनुहोस्