×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

मङ्गलबारे । प्रतिनिधिसभा सदस्य निर्वाचन  नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले  दुवै निर्वाचन क्षेत्रमा  उम्मेदवार खडा गरेको छ । 

निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ । नेकपा एमालेको शनिबारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन् । 

्नेम्वाङ निवर्तमान सङ्घीय सांसद हुन् भने कागते पूर्वप्रदेशसभा सदस्य छन्। नेम्वाङ इलाम क्षेत्र नं २ बाट गत उपनिर्वाचनमा २७ हजार ७७२ ल्याएर विजयी भएका थिए । उम्मेदवार चयन हुनुभएका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य छन्। 

निर्वाचन हुन अब ४६ दिन बाँकी छ । प्रत्यक्षतर्फ मनोनयन दर्ता यही माघ ६ गते हुनेछ । 
 

प्रतिकृया दिनुहोस्