काठमाडौं । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामग्री बोकेको विमान दुर्घटना ग्रस्त भएको छ । दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको हो ।
मानवीय अभियानमा रहेको विमानमा आठ जना यात्रुहरू सवार रहेको जनाइएको छ । सुरुवाती समयमा दुर्घटनामा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएकोमा हाल मृतकको सङ्ख्या बढेर पाँच जना पुगेको जनाइएको छ भने दुर्घटनाबाट दुई जना यात्रुहरु बाँच्न सफल भएको जनाइएको छ ।
अमेरिकी तटरक्षकको खोजी प्रयासका बावजुद उक्त उडानमा रहेका एक जना व्यक्ति अझै बेपत्ता रहेको जनाइएको छ ।विमान टेक्सासको ग्यालभेस्टन नजिक पुग्दा दुर्घटना भएको हो ।
विशेष चिकित्सा बहाक मिसनलाई मेक्सिकन फाउन्डेसनसँग समन्वय गरिएको थियो जसले गम्भीर जलेका बच्चाहरूको हेरचाह गर्दछ ।