×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

नेप्सेले दियो घट्ने क्रमलाई निरन्तरता, कारोबार रकम ४ अर्ब ७४ लाख

नेप्सेले दियो घट्ने क्रमलाई निरन्तरता, कारोबार रकम ४ अर्ब ७४ लाख

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक १२.५० अंक घटेर २ हजार ५ सय ९४ दशमलव ८७ विन्दुमा झरेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३० स्टकको ६० हजार ६९९ पटकको करोबारमा ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको जलविद्युत, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक यस दिन करिब १ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २६ करोड १८ लाख रुपैयाँबराबरको संस्थापक शेयर किनबेच भएको हो। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब १९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ भने शिवम सिमेन्ट्सको करिब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। 
 

प्रतिकृया दिनुहोस्