×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन रहन्छ : हर्क साम्पाङ

सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन रहन्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (हर्क) साम्पाङले पार्टीले सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्ने नीति लिएको बताएका छन् । शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

‘हामी प्रतिपक्षमा रहन्छौँ । हामीले पाएको म्यान्डेट नै यही हो । तर, रचनात्मक र आलोचनात्मक समर्थन रहन्छ,’ उनले भने, ‘प्रतिपक्षी भन्नेबित्तिकै विरोध गरिहाल्ने भन्ने हुँदैन । राम्रो काम गर्दा हाम्रो पूर्ण समर्थन भइहाल्छ ।’

उनले यसपटकको संसद्‌मा आफूसहित धेरै नयाँ रहेको भन्दै सिक्नुपर्ने धेरै रहेको पनि बताए ।

‘नयाँ छौं सिक्नुपर्ने थुप्रो छ । पहिले प्रश्न गर्ने ठाउँमा थियौं । अहिले गाली खाने ठाउँमा आइयो । उत्साह थोरै छ, जिम्मेवारी बोध धेरै छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस्