काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा घटेको छ । नेपाल आयल निगमले विहीबारदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँले घटाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले पनि काठमाडौं र बाहिरबाट उडान हुने सबै गन्तव्यको हवाई भाडा घटाएको हो ।
इन्धनको मूल्य घटेका कारण काठमाडौं विमानस्थल केन्द्रित भएर हुने उडान अवतरणमा सबैभन्दा बढी धनगढीको भाडा घटेको छ । यो गन्तव्यमा २६५ रुपैयाँले भाडा घटेको छ ।
हाल ५९ सय २० रुपैयाँ काठमाडौं धनगढी गन्तव्यको हवाई इन्धनको शुल्क रहेकोमा अब ५६ सय ५५ रुपैयाँ हुने भएको छ । यो शुल्कसँगै यो गन्तव्यको भाडामा २६५ ले सस्तिएको हो ।
काठमाडौंबाट हुने उडान अर्थात ट्रङ्क रुटको हवाई भाडामा माउन्टेन २१०, भन्द्रपुर १८०, विराटनगर १४०, जनकपुर ७५, भरतपुर ६५, पोखरा ९५ र भैरहवाको १२५ रुपैयाँले इन्धनको शुल्क घटेको छ । यस्तै नेपालगन्ज १९५, तुम्लिङटार ११०, सिमरा ५५, सुर्खेत २१० र राजविराजको १२५ रुपैयाँले इन्धको शुल्क घटेको हो ।
https://ktmpost.com/uploads/caan.pdf

