×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

जापानमा भूकम्प जाँदा ३० जना घाइते

जापानमा भूकम्प जाँदा ३० जना घाइते

काठमाडौं । जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प जादाँ ३० जना घाइते भएका छन् । सोमबार  ७.६ म्याग्निच्युड तीव्रता मापन भएको भूकम्पबाट कम्तिमा पनि ३० जना घाइते भएका हुन् । 

भूकम्पका कारण हजारौं मानिसहरू घरबाट बाहिर निस्कनुपरेको जनाइएको छ । भूकम्पको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा झण्डै ८० किलोमिटरको दूरी जमिनमुनि ५० किलोमिटर ९३१ माइल० को गहिराइमामा थियो ।

भूकम्पपछि देशमा सुनामीको चेतावनी जारी गरिएको थियो । अहिले चेतावनीलाई हटाइएको छ । यद्यपि, तटहरूमा २७ इन्चसम्मका लहरहरू देखिएका छन् । भकम्पका कारण केही रेल सेवाहरू रोकिएको छ भने हजारौं घरहरूमा विद्युत् आपूर्ति बन्द भएको छ ।

आगामी दिनमा पनि भूकम्प आउन सक्ने चेतावनी दिँदै आम नागरिकलाई कम्तिमा पनि एक हप्तासम्म ‘हाई अलर्ट’ मा रहन सुझाव दिएका छन् ।

झण्डै ९० हजार मानिसहरूलाई घरबाट बाहिर निस्कन आदेश जारी भएको छ ।


 

प्रतिकृया दिनुहोस्