काठमाडौं । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् ।
क्षेत्रपाटी शाखा र त्रिपुरेश्वर शाखा गाभिने तथा महाराजगञ्ज र कमलादी शाखाको सफ्टवेयर एकीकरणसम्बन्धीकार्य गर्नुपर्ने भएकाले यही मङ्सिर २६ गते दिउँसो ३ः०० बजेदेखि २८ गतेसम्म सेवा बन्द हुने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए
उनले भने, “सफ्टवेयर मर्ज गर्न लागिएकाले क्षेत्रपाटी, त्रिपुरेश्वर, महाराजगञ्ज र कमलादीमा अनलाइन भुक्तानी सेवा तथा महसुल सङ्कलन काउण्टर, नयाँ धारा जडानलगायत सबै सेवा तीन दिनसम्म बन्द रहनेछन् ।”