×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप

सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

अब कम्तिमा पनि ४ दिन प्रसाईं प्रहरी हिरासत रहनेछन् । प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । सोही अनुसार तयारी पनि तीव्र पारेका थिए । तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो ।

उनले सार्वजनिक शान्तिमा खलल पुग्ने गरी अभिव्यक्ति दिएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्