काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १८ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ सय ६५ रुपैयाँले बढेको हो । यससँगै चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो । हिजो चाँदी प्रतितोला ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।