×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

कृषि

गोलभेँडाको मूल्य एक सातामा ३२ प्रतिशतसम्म घट्यो

गोलभेँडाको मूल्य एक सातामा ३२ प्रतिशतसम्म घट्यो

काठमाडौँ । एक सातामा गोलभेँडाको मूल्य ३२ प्रतिशतसम्म घटेको छ । कालीमाटी तरकारी बजारले सार्वजनिक गरेको मूल्य विवरणअनुसार मंगलबार (आज) भारतीय सानो गोलभेँडा ३२ प्रतिशतले घटेर औसत मूल्य ८५ रुपैयाँ कायम भएको छ । गत  साता यो गोलभेँडा १०५ रुपैयाँ प्रतिकिलो रहेको थियो । 

यस्तै लोकल सानो गोलभेँडा १९.०५  प्रतिशतले घटेर प्रतिकिलो ८५ रुपैयाँ औसत मूल्य कायम भएको छ । अघिल्लो साता लोकल सानो गोलभेँडा प्रतिकिलो १०५ रुपैयाँ औसत मूल्य रहेको थियो । 

सानो टनेल गोलभेँडा १७.२९ प्रतिशतले घटेको छ । यो गोलभेँडा अघिल्लो साता प्रतिकिलो १३३ रुपैयाँ औसत मूल्य रहेकोमा आज ११० रुपैयाँ औसत मूल्यमा कायम भएको छ । 

सानो तराई गोलभेँडा १६ प्रतिशतले घटेको छ, अघिल्लो साता १२५ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको यो गोलभेँडा आज १०५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम छ ।

प्रतिकृया दिनुहोस्