×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

तीन कम्पनीको मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य

तीन कम्पनीको मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य

काठमाडौं । सोमबार तीन वटा सूचीकृत कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको छ।  एनएलजी इन्स्योरेन्स कम्पनी, नेशनल लघुवित्त वित्तीय संस्था (NMFBS) र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले उनीहरूको पछिल्लो कारोबार मूल्यका आधारमा नयाँ मूल्य निर्धारण गरेको हो।

एनएलजी इन्स्योरेन्स (NLG) को ४ प्रतिशत बोनस शेयरका लागि मूल्य समायोजन भएको छ । यसअघि प्रतिकित्ता ६९८ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको नयाँ मूल्य ६७१.१५ रुपैयाँ कायम भएको छ। त्यसैगरी, १४.२५ प्रतिशत बोनस शेयर वितरणको तयारीमा रहेको नेशनल लघुवित्तको मूल्यमा पनि ठुलो अन्तरसहित समायोजन भएको छ । १,३०५ रुपैयाँको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले यसको नयाँ मूल्य १,१४२.२३ रुपैयाँ तोकेको छ ।

त्यस्तै, विन्ध्यवासिनी हाइड्रोपावर (BHDC) को ५ प्रतिशत बोनस शेयरका लागि पनि मूल्य समायोजन गरिएको छ। ४७७.९० रुपैयाँको अन्तिम मूल्यलाई आधार मानेर नेप्सेले यस हाइड्रोपावरको नयाँ मूल्य ४५५.१४ रुपैयाँ निर्धारण गरेको छ। अब यी तीन वटै कम्पनीको दोस्रो बजारमा कारोबार खुल्दा नेप्सेले तय गरेको यही नयाँ मूल्यबाट सुरु हुनेछ।

बुक क्लोज हुनुभन्दा अघिल्लो कारोबार दिनसम्म शेयर कायम राख्ने लगानीकर्ताहरूले मात्र यी कम्पनीहरूको प्रस्तावित बोनस शेयर प्राप्त गर्न योग्य हुनेछन्।  

प्रतिकृया दिनुहोस्