×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

बहुविवाहमा पक्राउ परी छुटेका पासाङ शेर्पाको उम्मेदवारी खारेज

बहुविवाहमा पक्राउ परी छुटेका पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ।

उनी बहुविवाहमा पक्राउ परी कैदवापतको रकम बुझाएर छुटेका थिए। उनलाई एक वर्ष जेल र ५ हजार जरिवानाको फैसला अदालतले गरेको थियो। उनलाई प्रहरीले कात्तिक १८ गते पक्राउ गरेको थियो। 

कैदवापत दिनको ३०० को दरले कूल एक लाख ९ हजार ५ सय बुझाएर उनी छुटेका थिए।

उनले एमाले महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। तर उनको उम्मेदवारी पार्टी निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै खारेज गरिदिएको छ। शेर्पालाई केपी शर्मा ओली समूहले सूचीमा राखेको थियो ।

प्रतिकृया दिनुहोस्