×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ७३ करोड

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ७३ करोड

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको पहिलो कारोबार दिनदेखि घटिरहेको नेप्से, मंगलबार सामान्य अंक बढेको थियो। तर, यस दिन नेप्सेले सो क्रमलाई निरन्तरता दिन नसक्दा पुनः घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ७.८६ अंक घटेर २ हजार ६ सय ६ दशमलव २० विन्दुमा झरेको छ।  नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२९ स्टकको ९१ हजार ३९४ पटकको कारोबारमा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरको ८६ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन श्रीनगर एग्रीटेक इन्डष्ट्रीज शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ३९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम साढे ११ करोड रुपैयाँ नाघेको छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। 

प्रतिकृया दिनुहोस्